अपाङ्गतासम्बन्धी कार्यविधि परिमार्जनको तयारी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अपाङ्गतासम्बन्धी कार्यविधि परिमार्जनको तयारी


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गतासम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेपाल अपाङ्ग पुनः स्थापना केन्द्रले बुधवार काठमाडामौं आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता भएका समुदायको हकहितका लागि रोकिएर बसेका अपाङ्गतासम्बन्धी कार्यविधि यथाशीघ्र परिमार्जित गरेर कार्यान्वयन गर्नका लागि पहल भइरहेको बताइन् ।

अपाङ्गता भएका व्यक्तिमध्ये अहिले रातो कार्ड भएकाले मात्रै भत्ता पाउने व्यवस्था भएकाले त्यसलाई परिमार्जन गरेर नीलो वा अरू कार्ड भएकालाई पनि भत्ता दिलाउने प्रयासमा आफू लागिरहेको जानकारी गराइन् ।

अपाङ्गता भएका समुदायको हकहितका लागि आफू सधैँ अग्रपङ्क्तिमा रहेको बताउँदै मन्त्री रेग्मीले आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने प्रतिबद्धता जनाइन् । कार्यक्रममा नेपाल अपाङ्ग पुनः स्थापना केन्द्रले अपाङ्गता भएका विभिन्न व्यक्तिलाई ह्विल चेयर, कमोड चेयर, हट ब्याग, सेनिटरी प्याड, वैशाखीलगायत सामग्री वितरण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस