दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा २ जना घाइते « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा २ जना घाइते


२३ चैत्र २०७८, बुधबार


सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१ तिम्ले खोलामा मिनी ट्रक दुर्घटना हुँदा चालक र सह–चालक घाइते भएका छन् ।

सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ख ३६७६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।

घाइते हुनेमा गाडी चालक आठबिस नगरपालिका–३ का २८ वर्षीय साजन शाही र सह–चालक लम्की चुहा नगरपालिका कैलालीका २८ वर्षीय राजेश बटला रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सहचालक बटालाको टाउको, हात, ढाड र भित्री शरीरमा चोट लागेको छ । दुवै जनालाई उपचारको लागि वीरेन्द्रनगर पठाएको छ ।

मिनी ट्रक मङ्गलवार दिउँसो २ बजे दुर्घटना भएको थियो । ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस