सुपारी आयातको इजाजत रोक्न सरकारलाई निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुपारी आयातको इजाजत रोक्न सरकारलाई निर्देशन


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयतको इजाजत रोक्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले सुपारी आयात इजाजत पत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

उद्योग र वाणिज्य सचिवको उपस्थितिमा भएको छलफल पछि यस्तो निर्देशन दिएको समितिले जनाएको छ । सुपारी आयातको सरकारी तथ्याङ्कबारे मन्त्रालयले झुट बोलेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस