नेप्सेमा दोहोरो अङ्कको गिरावट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेप्सेमा दोहोरो अङ्कको गिरावट


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

नेप्से परिसूचक २३.३२ अङ्कले घटेर २ हजार ४ सय २८.७५ अङ्कमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.२८ अङ्कले घटेको छ ।

केही दिन यता नेप्से परिसूचक लगातार ओरालो लागिरहेको छ । परिसूचक घट्दा त्यसको असर सेयर कारोबार रकममा समेत परेको छ ।

बुधबरा दिनभर भएका ३८ हजार १७८ कारोबारबाट २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँमा रोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस