यस्तो छ मधेश प्रदेश सरकारले २०७९ सालमा दिने थप बिदाको सूची « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस्तो छ मधेश प्रदेश सरकारले २०७९ सालमा दिने थप बिदाको सूची


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । मधेश प्रदेश सरकारले २०७९ का लागि दिने बिदाको सूची सार्वजनिक गरिएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार २०७९ मा मधेश प्रदेश सरकारले ११ दिन सार्वजनिक विदा निर्धारण गरेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको प्रदेश राजपत्रमा वैशाख १ गतेदेखि चैत मसान्तसम्म संघीय सरकारले दिने बिदाको अतिरिक्त विदा दिने गरी सूचना प्रकाशित गरिएको छ ।

राजपत्रमा प्रकाशित विदाको सूचीमा वैशाख २ गते जुडसितलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेको छ । इस्लाम धर्मालम्वीहरुको ईद उल अजहा, इद उलफित्र मा बिदा दिने भएको छ । र, पैगम्बर मोहम्मदको जन्मदिवसको अवसरमा सार्वजनिक विदाको दिने भनिएपनि मिति किटान नगरी तिथिअनुसार सो पर्वमा विदा दिइने राजपत्रमा उल्लेख छ ।

त्यस्तै छठ पर्वको पारनको दिन कार्तिक १४ गते, सीताराम विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होली पर्वको अवसरमा फागुन २४ गते र रामनवमीमा चैत १६ गते सार्वजनिक विदा रहने प्रदेश सरकारले बिदा निर्धारण गरेको राजपत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस