काठमाडौँ । पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दामा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८९ जना संक्रमणमुक्त भएका छन् भने, कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् ।