लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल


२१ चैत्र २०७८, सोमबार


विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए ।

‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्व प्रधानमन्त्री नेपालले नेकपा (एकीकृत समाजवादी) नै असली कम्युनिस्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे । उनले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस