काभ्रेपलान्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काभ्रेपलान्चोक प्रशासनद्वारा आजदेखि नियमित सेवा


२१ चैत्र २०७८, सोमबार


काभ्रेपलान्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आजदेखि निर्वाधरुपमा आफ्नो सेवा प्रदान गर्ने भएको छ ।

यसअघि कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण आलोपालो सेवा प्रदान गर्दै आएको थियो ।

सोमबारदेखि स्थानीय तहगत आलोपालो प्रणाली हटाई दैनिक नियमित सेवा प्रदान गरिने भएकाले सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनारले सूचना जारी गरेका छन् ।

यसैबिच काभ्रे कोरोनामुक्त भएको छ । दश दिनयताको परीक्षणका क्रममा कोही पनि व्यक्ति कोरोनाबाट सङ्क्रमित भएका छैनन् । कोहीमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिएमसी)ले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेढाईंका अनुसार यसअघि गत मङ्सिरमा जिल्ला कोरोनामुक्त भएको थियो । जिल्लामा हालसम्म १७ हजार ५५६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने १९५ जनाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस