दोहोरो अङ्कले घट्यो नेप्से « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

दोहोरो अङ्कले घट्यो नेप्से


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

नेप्से परिसूचक ३०.८९ अङ्कले घटेर २५ सय १३.४१ अङ्कमा झरेको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.४४ अङ्कले घटेको छ ।

उता कारोबार रकम पनि सुस्ताएको छ । आइतबार कारोबार रकम डेढ अर्ब पनि पुगेन । दिनभर भएका २८ हजार ११३ कारोबारबाट २२५ धितो पत्रका ३२ लाख ५३ हजार ८१६ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँमा रोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस