उपत्यकाको फोहोर बिर्सजन हुने सिसडोल क्षेत्र जाने सडक स्थानीयद्वारा अवरुद्ध « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाको फोहोर बिर्सजन हुने सिसडोल क्षेत्र जाने सडक स्थानीयद्वारा अवरुद्ध


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । ८ वर्षसम्म सडक नबनेपछि काठमाडौँ उपत्यकाको फोहोर बिर्सजन हुने सिसडोल क्षेत्र जाने सडक स्थानीयले अवरुद्ध गरेका छन् ।

काठमाडौँको चाबहिल–साँखु सडक खण्डका स्थानीयहरू पनि यही समस्याले ग्रसित भएपछि पटक–पटक आन्दोलित भएका छन् । ढोलाहिटी सुन कोठीका सडक खण्डका स्थानीयले पनि आन्दोलनकै बाटो रोजेका छन् ।

झन्डै एक दशकसम्म नबनेका यस्ता कयौँ सडकसहित विभिन्न निर्माण सम्बद्ध आयोजनाका ठेकदारहरूले ठेक्काको थप अवधि पाउने भएका छन् । सरकारले निर्माण अवधि सकिएका करिब २ हजार आयोजनाहरूको एकै पटक म्याद थप गर्ने तयारी गरेको छ ।

सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनले वर्षौँदेखि रुग्ण ठेक्काको म्याद थप गर्न बाटो खोलिसकेको छ । यसै कारण विभिन्न विकासे अड्डाहरूमा निर्माण व्यवसायीले धमाधम आयोजनाहरूको म्याद थप गर्न फाइल पेस गरिरहेका छन् । म्याद थप गर्न १० दिन मात्रै बाँकी रहेकाले अधिकांश रुग्ण आयोजनाका फाइल विकासे अड्डामा चाङ लागेका छन् ।

ठेक्काको म्याद थप माग्दा धेरै आयोजनाले ठेक्काको भेरियसन समेत माग्ने गरेका छन् । यसले गर्दा निर्माण अवधि लम्बिने र लागत पनि थपिने अवस्था हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस