राजधानी किभका सबै क्षेत्र आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दाबी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजधानी किभका सबै क्षेत्र आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दाबी


२० चैत्र २०७८, आइतबार


काठमाडौँ। युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभ पूर्णरुपमा आफ्नो नियन्त्रणमा रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको हो । यद्यपि रुसको तर्फबाट भने यो कुराको पुष्टि हुन सकेको छैन ।

रुसी सेनाले किभ नजिकैको होस्ट मेल विमानस्थल छोडेका छन् । सोही विमानस्थल नियन्त्रणमा लिएर रुसले आक्रमण गर्दै आएको थियो ।

टर्कीमा भएको वार्तामा सहमतिको आधार तयार हुँदै गएको भन्दै रुसले आफ्ना सेनालाई पछि हटाएको बताइएको छ । यद्यपि पश्चिमा देशहरूले भने रुस कमजोर भइसकेकाले पछि हट्न बाध्य भएको दाबी गरेका छन् । युक्रेनका इरपिन, बुका, होस्ट मेल लगायतका क्षेत्रबाट रुसी सेना फिर्ता हुँदै गएका बिबिसीले जनाएको छ ।

अलजजिराका अनुसार इरपिनका मेयरले भने इरपिनको अवस्था अझै पनि खतरनाक रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस