म्यादी प्रहरी बनाइदिने भन्दै ठगी, युवक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

म्यादी प्रहरी बनाइदिने भन्दै ठगी, युवक पक्राउ


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्र नगर गाउँपालिका –७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीले म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर पाँच हजार–सात हजार लिई भर्ना गराइदिन्छु भन्दै आएको पाइएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

चौधरीलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बुढाथोकीले बताए ।

यसअघि सप्तरीबाट पनि म्यादी प्रहरीमा भर्ना गराइदिने नाममा आवेदनकर्तासँग रकम असुली गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस