पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना सङ्क्रमण, ७५ जना निको « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना सङ्क्रमण, ७५ जना निको


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको पीसीआर परीक्षण गर्दामा १६ जना र १ हजार ३१९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ७५ जना निको भएका छन् भने हाल देशभर १ हजार २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ९७१ जना होम आइसोलेसनमा रहेका छन् भने ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १३ जना आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख १८ हजार ५५९ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ९८१ पुगेको छ भने ९ लाख ६५ हजार ४६९ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका २ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस