देउवाको भारत भ्रमणप्रति एमालेको आपत्ति, भ्रमण निजी कि प्रधानमन्त्रीकाे हैसियतले ? « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

देउवाको भारत भ्रमणप्रति एमालेको आपत्ति, भ्रमण निजी कि प्रधानमन्त्रीकाे हैसियतले ?


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रश्न उठाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जान लागेका छन् ।

तर, मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्त्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठुलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।’

देउवाको भ्रमण निजी-पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । ‘स्वाभाविक रूपमा प्रश्न उठेको छ : शेरबहादुर देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रधानमन्त्रीकाे हैसियतले हुन लागेको हो ’ उनले प्रश्न गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस