एक्लैको बहुमत आउँदैन, गठबन्धन आवश्यक छ : नेम्वाङ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एक्लैको बहुमत आउँदैन, गठबन्धन आवश्यक छ : नेम्वाङ


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताएका छन् ।

रिपोर्टस क्लब नेपालको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने उनले बताए । तर यसरी बन्ने गठबन्धन मूल्यमान्यतामा आधारित हुनुपर्ने बताए ।

‘गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्छ । विचार र सिद्धान्तमा आधारित हुनुपर्छ, ’नेम्वाङले भने,‘ यी सबै कुरालाई ध्यानमा राखेर संसदीय मूल्य र मान्यतामा आधारित लोकतान्त्रिक मूल्यमान्यता अनुरूप त्यस्ता गठबन्धन हुनुपर्छ ।’

यदि गठबन्धनमा त्यो भएन भने समस्या आउने उनले बताए । वर्तमान सत्तारूढ गठबन्धनप्रति साङ्केतिक रूपमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।

अर्को प्रसङ्गमा बोल्दै नेता नेम्वाङले कमीकमजोरीका बाबजूत देशलाई यहाँसम्म पुर्‍याउने काम देशका प्रमुख दल र यिनका नेताहरूले नै गरेको बताए । २०७२ मा देशका सम्पूर्ण राजनीतिक दलहरूले मिलेर एक ठाउँमा उभिँदा संविधान बनेको उनले स्मरण गरे ।

अझैँ पनि संविधानको रक्षा, राजनीतिक व्यवस्था र मुलुकको भविष्यमाथि अप्ठ्यारो पर्दा दल र दलका नेताहरू एक ठाउँमा उभिनुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस