पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना सङ्क्रमण , ७७ जना सङ्क्रमणमुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना सङ्क्रमण , ७७ जना सङ्क्रमणमुक्त


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

बुधबार ७७ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १ हजार १४६ जना सक्रिय सङ्क्रमित रहेका छन्।

गत चौबीस घण्टामा ३ हजार ९४० पीसीआर तथा १ हजार २५२ एन्टिजेन परीक्षण भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस