४० अङ्कले बढ्यो नेप्से , कुल २ अर्ब २५ करोडको कारोबार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४० अङ्कले बढ्यो नेप्से , कुल २ अर्ब २५ करोडको कारोबार


१६ चैत्र २०७८, बुधबार


शेयर बजार

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से ४०.६८ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि परिसूचक २५६८ अङ्कमा पुगेको छ ।

कुल २ अर्ब २५ करोडको कारोबार भयो । हिजो १ अर्ब ७५ करोडको भएको थियो ।

१७८ कम्पनीको मूल्य बढ्यो भने १३ को घट्यो, ४ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् ।

बैङ्किङ ३, विकास बैङ्क १४४, फाइनान्स ६६, होटल तथा पर्यटन ७७, जलविद्युत ७३, लगानी २, जीवन बीमा २११, उत्पादन ८७, लघुवित्त ७१, निर्जीवन बीमा १९१, अन्य ८२ र व्यापार उपसमूह ९ अङ्कले बढे ।

इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेस्डो लघुवित्त र सामलिङ पावरको मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो ।

सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स (संस्थापक), नबिल बैङ्क, टेलिकम र शिवं सिमेन्ट कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस