कुन पार्टीले के गरिरहेको छ, त्यसको लेखाजोखा गर्ने बेला आएको छ : नेता सिंह « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कुन पार्टीले के गरिरहेको छ, त्यसको लेखाजोखा गर्ने बेला आएको छ : नेता सिंह


१६ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कुन पार्टीले के गरिरहेको छ, त्यसको जनताले लेखाजोखा गर्ने बेला आएको बताएका छन् ।

आज (बुधबार) राजधानीको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसँगको भेटघाटका क्रममा नेता सिंहले कसले कुन समयमा देश र जनताका लागि के गर्‍यो यसको सही मूल्याङ्कन गर्नु पर्ने भन्दै क्षणभरका घटनाका क्रम मात्रै नभई विगतको पनि समीक्षा गरेर आफ्नो मत दिन समेत मतदातालाई आग्रह गरेका छन्।

उनले स्थानीय आवश्यकताका आधारमा गठबन्धनभित्रका दलहरुबीच तालमेल गरेर जानू पर्ने बताए । नेता सिंहले गठबन्धनको औचित्य अझै नसकिएकाले कहाँ कसरी तालमेल गर्ने विषयमा छिट्टै दलहरु बसेर मोडालिटि तय गरी तालमेल गरेर जानू पर्नेमा जोड दिए ।

काँग्रेसको संसदमा उपस्थिति कस्तो थियो, कसरी कस्का कारण काँग्रेसको नेतृत्वमा सरकार निर्माण भयो यी सबै कुरा सबैले ख्याल राख्नु पर्ने बताउनु हुँदै उनले के अब गठबन्धनको ओैचित्य सकिएको हो त ? भन्दै वास्तविकता को धरातलमा उभिन सबैलाई अपिल गरेका छन् ।

फरक प्रसङ्गमा बोल्दै परिवर्तनको नारा दिएर जनतालाई भ्रम छरेर क्रान्तिकारी कुरा गरेर राजनीतिमा आएको विवेकशील साझा पार्टीको हालत के भयो भन्दै राजनीति नारा र भाषणले मात्रै चल्दैन भने कुरा पुष्टि भएको समेत बताए ।

आज ती पार्टीका नेताको गतिविधि कस्तो छ रु पार्टी कस्तो छ, सबैले देखे सुनेकै होला भन्दै भ्रम छर्नेहरु बिस्तारै जनता माँझ नाङगिदै जाने समेत बताए ।

अब महानगरवासिले जनताले तिरेको कर बैङ्कमा जम्मा गरेर ब्याज खाने खालको मेयर छान्ने कि जनताको करबाट रहरलाग्दो सहर बनाउने मेयर छान्ने भन्ने फैसला गर्ने बेला आएकाले त्यसलाई गम्भीरता साथ सोचेर निर्णय लिन समेत काठमाडौँ महानगरवासीलाई अपिल गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस