लोसपाले डाक्यो पहिलो केन्द्रीय कार्यकारिणी बैठक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोसपाले डाक्यो पहिलो केन्द्रीय कार्यकारिणी बैठक


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलि (बुधबार)बाट बस्ने बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक सङ्गठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।

‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले भने ।

उनका अनुसार देशैभरको परिस्थिति बुझेर आएका २८ जना नेताले बैठकमा आफ्नो धारणा राख्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस