काँग्रेसले चुनावी गठबन्धनबारे भोलि निर्णय गर्ने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काँग्रेसले चुनावी गठबन्धनबारे भोलि निर्णय गर्ने


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले चुनावी गठबन्धनलगायत विषयमा भोलि (मंगलबार) निर्णय गर्ने भएको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार केन्द्रीय सदस्यहरूले बोल्ने क्रम आज सकिएको छ ।

‘केन्द्रीय समितिको छलफल सकिएको छ । भोलि ३ बजेको बैठकमा हामी निर्णय गर्छौँ। बोल्ने क्रम आज समाप्त भएको छ,’ प्रवक्ता महतले भने, ‘पार्टीलाई स्थानीय चुनावमा कसरी प्रस्तुत गर्ने लगायत विषयमा भोलि निर्णयमा पुगिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस