म गठबन्धनको पक्षमा छैन : महामन्त्री थापा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

म गठबन्धनको पक्षमा छैन : महामन्त्री थापा


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनको पक्षमा नभएको बताएका छन् । उनले केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन । देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’

Tags :
प्रतिक्रिया दिनुहोस