गठबन्धन किन र केका लागि गर्ने : कोइराला « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

गठबन्धन किन र केका लागि गर्ने : कोइराला


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गठबन्धन किन गर्ने र केका लागि गर्ने भनेर प्रश्न गरेका छन् ।

सोमबार (आज) केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा कोइरालाले रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी गठबन्धन कसरी गर्ने भनेर पार्टी सभापति शेर बहादुर देउवालाई प्रश्न गरेका हुन् ।

उनले प्रश्न गरे, ‘सभापतिले एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनु ? काँग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?’

Tags :
प्रतिक्रिया दिनुहोस