नेप्से परिसूचक २९ अङ्कले घट्यो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेप्से परिसूचक २९ अङ्कले घट्यो


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । साताको दोस्रो दिन सोमबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

आइतबारको तुलनामा सोमबार सेयर कारोबार रकम समेत घटेको छ । नेप्से परिसूचक २९.९८ अङ्कले घटेर २ हजार ५ सय ४२.२८ अङ्कमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ अङ्कले घटेको छ । नेप्सेले २५ वाणिज्य बैङ्कसहित ३६ कम्पनीहरूलाई ‘क’ वर्गमा राखेको छ । नेप्से परिसूचक सुस्ताउँदा यसको असर सेयर कारोबार रकममा समेत परेको छ ।

आइतबार करिब ५ अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार २ अर्ब ५४ करोडमै रोकिएको छ । दिनभर भएका ४२ हजार ७१२ कारोबारबाट २३१ धितो पत्रका ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ रुपैयाँमा रोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस