पीएनजीविरुद्ध नेपालले ब्याटिङ गर्दै, ५ खेलाडी परिवर्तन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पीएनजीविरुद्ध नेपालले ब्याटिङ गर्दै, ५ खेलाडी परिवर्तन


१४ चैत्र २०७८, सोमबार


काठमाडौं । त्रिदेशीय टी-२० शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्दै छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

यसअघि पीएनजीविरुद्ध एक दिवसीय शृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन् । एक दिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित पौडेल आरिफ शेख दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल टी-२० टिममा पनि खेल्दै छन् ।

यसबाहेक आसिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र लोकेश बम टी(२० मा पहिलो रोजाइमा खेल्दै छन् ।

पहिलो पटक टी-२० राष्ट्रिय टिममा समावेश भएका आदिल अन्सारी भने सोमबार नेपालको टिममा परेका छैनन् ।

एक दिवसीयमा शतक प्रहार गरेका रोहित पौडेल आज (सोमबार) बिहान मात्रै टी-२० शृङ्खलाका लागि टिममा समावेश भएका थिए । रोहितले सन् २०१९ पछि पहिलो पटक नेपालका लागि टी-२० खेल्दै छन् । उनले पछिल्लो पटक २०१९ डिसेम्बरमा १३औँ दक्षिण एसियाली खेलकुदमा खेलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस