४१ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

४१ अङ्कले घट्यो नेप्से


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४१ अङ्कले घटेको छ ।

नेप्से परिसूचक ४१.४३ अङ्कले घटेर २ हजार ५ सय ७२.२३ अङ्कमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.५५ अङ्कले घटेको छ ।

कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ६२ हजार १६४ कारोबारबाट ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रुपैयाँ पुगेको छ ।

बिमा कम्पनीहरूको मूल्य बढ्यो
समग्रमा बजार घटे पनि बिमा कम्पनीहरूको सेयर मूल्य भने बढेको छ । बिमा समितिले बिमा कम्पनीहरूको पुँजी वृद्धि गर्ने निर्णय गरेको छ ।

समितिको निर्णय अनुसार हाल २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको जीवन बिमा कम्पनीहरूले ५ अर्ब र हाल १ अर्ब रुपैयाँ मात्रै चुक्ता पुँजी तोकिएका निर्जीवन बिमा कम्पनीहरूले २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्‍याउनु पर्नेछ ।

बिमा समितिको पुँजी वृद्धिको निर्णय पछि धेरै निर्जीवन बिमा कम्पनीहरूको सेयर मूल्य बढेको छ ।

सानिमा जनरल इन्स्यारेन्स, जनरल इन्स्यारेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, अजोड इन्स्यारेन्स लगायतका कम्पनीहरूको सेयर मूल्य बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस