माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

आज (आइतबार) मेरियट होटलमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका लागि प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ मेरियट पुगेका थिए ।

यसअघि मेरियटमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरूसँग विदेशमन्त्री यीले भेटवार्ता गरेका थिए ।

आजै बिहान विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस