देशको विकास र निकासका लागि काँग्रेसको जित आवश्यक : मन्त्री कार्की « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

देशको विकास र निकासका लागि काँग्रेसको जित आवश्यक : मन्त्री कार्की


१३ चैत्र २०७८, आइतबार


इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास र निकासका लागि नेपाली काँग्रेस जित्नु आवश्यक रहेको बताएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका–३ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले काँग्रेसलाई विजयी गराउन आग्रह गरे । देशमा काँग्रेसको विकल्प नरहेको उनको भनाइ थियो ।

पार्टीको १४औँ महाधिवेशनमा भएको आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर स्थानीय तहको निर्वाचनसहित तीन वटै तहको निर्वाचनमा काँग्रेसलाई विजयी गराउन उनले सबैलाई आग्रह गरे ।

काँग्रेस विजयी भए मात्र विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलगायत काम हुने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस