वीरगन्जमा लागूऔषध अफिमसहित एक जना महिला पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वीरगन्जमा लागूऔषध अफिमसहित एक जना महिला पक्राउ


१२ चैत्र २०७८, शनिबार


पक्राउ

वीरगन्ज । अवैध लागू औषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रानीदेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ ।

प्राप्त सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रूपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई तीन किलोग्राम अफिमसहित पक्राउ गरिएको गणका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

पक्राउ परेका महिलालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको पनि उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस