दीपेन्द्रको शतकमा नेपालले दियो २ सय ७९ रनको लक्ष्य « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

दीपेन्द्रको शतकमा नेपालले दियो २ सय ७९ रनको लक्ष्य


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । दीपेन्द्र सिंह ऐरीको शतकमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनायो ।

नेपालका दीपेन्द्रले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । १ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एक दिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने ।

खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो । कुशल भुर्तेल खेलको पहिलो बलमा गोल्डे डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउट साइड एज लाग्दा किपरको हातबाट क्याच भए ।

तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई राम्रो स्थितिमा पुराए ।

देवले आफ्नो पहिलो अर्ध शतक प्रहार गर्दै ७२ रनको इनिङ खेले । रोहित पौडेलले ३५ रनको योगदान गर्दा भिम सार्की २६ रनमा बोल्ड भए । अन्तिममा कप्तान सन्दीप लामिछाने आक्रामक २४ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । अलेइ नाओ र चाड सोपरले समान १-१ विकेट हात पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस