ओडिआईमा दीपेन्द्रको पहिलो शतक « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

ओडिआईमा दीपेन्द्रको पहिलो शतक


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ। दीपेन्द्रसिंह ऐरीले नेपालका लागि ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् ।

पपुवा न्यु गिनीविरुद्ध टीयू मैदानमा शनिवार भइरहेको खेलमा शतक पूरा गरेका दीपेन्द्र नेपालका लागि शतक हान्ने तेस्रो खेलाडी हुन् ।

यसअघि सन् २०१९ मा पारस खड्काले युएईविरुद्ध पहिलो शतक प्रहार गरेका थिए भने पिएनजीविरुद्ध शुक्रबार भएको खेलमा रोहित पौडेलले टीयू मैदानमै शतक बनाएका थिए ।

दीपेन्द्रले ४७औँ ओभरको तेस्रो बलमा शतक बनाएका हुन् । १३६ बल ६ चौकाको मद्दतमा उनले शतक पूरा गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस