चिनियाँ विदेशमन्त्री काठमाडौँमा « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

चिनियाँ विदेशमन्त्री काठमाडौँमा


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका काठमाडौँ आइपुगेका छन्।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा सहायक विदेशमन्त्री उ जियाङ झाओ र वाणिज्य सहायक मन्त्री सेङ झोउपिङसहित १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ आज (शुक्रबार) अपराह्न विशेष विमानबाट काठमाडौँ आएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई परराष्ट्रमन्त्री खड्काले स्वागत गरेका छन्।

नेपालमा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), परराष्ट्रमन्त्री खड्कालगायत शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस