पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना सङ्क्रमण, मृत्यु शून्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना सङ्क्रमण, मृत्यु शून्य


११ चैत्र २०७८, शुक्रबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ५२० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २७१ जना निको भएका छन् भने हाल देशभर १ हजार ९६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

जसमध्ये १ हजार ९१६ जना होम आइसोलेसनमा रहेका छन् भने ४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २१ जना आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख १८ हजार ४१४ पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६४ हजार ३९८ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका १ जना बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस