पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना सङ्क्रमण, २६६ जना निको « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना सङ्क्रमण, २६६ जना निको


१० चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) थप ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो।

५ हजार २६८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित थपिएका हुन्।

३ हजार ८८१ जनाको पिसिआर गर्दा ३२ र १ हजार ३८७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै देशभर २ हजार २१९ जना सक्रिय सङ्क्रमित छन्।

२६६ जना सङ्क्रमित निको समेत भएका छन्। यसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Tags :
प्रतिक्रिया दिनुहोस