प्लास्टिकमा बेरेको अवस्थामा शव फेला « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

प्लास्टिकमा बेरेको अवस्थामा शव फेला


१० चैत्र २०७८, बिहिबार


नेपालगन्ज । नेपालगन्ज विमानस्थल नजिकै प्लास्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगन्ज विमानस्थल परिसरको पूर्वी कम्पाउन्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लास्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको र उनका आफन्त अझै सम्पर्कमा नआएकाले शव भेरी अस्पतालमा राखिएको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस