एकीकृत सहरी विकासको बजेट बढाउन मन्त्री झाँक्रीको आग्रह « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एकीकृत सहरी विकासको बजेट बढाउन मन्त्री झाँक्रीको आग्रह


१० चैत्र २०७८, बिहिबार


काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छन् ।

मन्त्री झाँक्रीले एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउँदै यस कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताएकी हुन् ।

आज (बिहीबार) मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताइन् ।

उनले भनिन्, ‘एकीकृत सहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत यस वर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौँ ।’

उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रमको बारे ल्याउने विषयमा गृहकार्य गरिरहेको बताइन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस