शिक्षामा तीन क्षेत्रको सुधार : शिक्षामन्त्री पौडेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षामा तीन क्षेत्रको सुधार : शिक्षामन्त्री पौडेल


१० चैत्र २०७८, बिहिबार


गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकै पटकमा गर्न थालिएको बताए ।

आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उनले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षासम्बन्धी कानुन तथा नीतिगत सुधारको कार्य एकै पटक गर्न थालिएको बताएका हुन् ।

मन्त्री पौडेलले नेपालका सबै पालिकामा एक–एक प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको छ भने ।

उनले गण्डकी प्रदेशमा स्थापना गर्न लागिएको नास्टको अनुसन्धान केन्द्र बागलुङमा स्थापना गरिने पनि जानकारी दिए ।

दुवै तालिम बिपी कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा बागलुङको गलकोटमा आयोजना गरिएको हो ।

तालिममा जिल्लाका २५ क्रियाशील पत्रकार र विज्ञान विषयका १० भन्दा बढी विद्यालयका विद्यार्थी सहभागी रहेका उक्त विकास समितिका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस