प्रतितोला एक हजार १०० ले बढ्यो सुनको मूल्य « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रतितोला एक हजार १०० ले बढ्यो सुनको मूल्य


१० चैत्र २०७८, बिहिबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु एक हजार १०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० छ । यसको मूल्य बुधबार प्रतितोला रु ९८ हजार ७०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार ३७५ पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस