एमाले नेता रञ्जु ठाकुरले गरिन् जसपामा प्रवेश « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

एमाले नेता रञ्जु ठाकुरले गरिन् जसपामा प्रवेश


९ चैत्र २०७८, बुधबार


सप्तरी । नेकपा एमाले नेता रञ्जु ठाकुर जनता समाजवादी (जसपा) मा प्रवेश गरेकी छन् ।

जसपाले बुधवार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनी जसपा प्रवेश गरेकी हुन् । यसअघि एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति समेत भएकी थिइन् ।

सो अवसरमा सप्तरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अरुण प्रधानसहितका पनि जसपा प्रवेश गरेका छन् ।

आज आयोजित कार्यक्रममा उनीहरूलाई जसपा अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले स्वागत गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस