निगमले आईओसीलाई बुझायो १२ अर्ब ३० करोड « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

निगमले आईओसीलाई बुझायो १२ अर्ब ३० करोड


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता भारतीय आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी गरेको छ ।

बुधवार आईओसीलाई मार्च महिनाको दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको निगमका निमित्त नायब कार्यकारी एवं अर्थ र प्रशासन प्रमुख नागेन्द्र साहले जानकारी दिए ।

गत ८ मार्चमा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो । यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको साहले बताए ।

उनले भने, ‘गत ८ मार्चमा भुक्तानीका लागि नियमित बिक्रीबाट नपुगेर मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २५ करोड चलाएका थियौँ ।’

निगम अझै मासिक १० अर्ब घाटामा रहेको भन्दै उनले अब ८ अप्रिलको भुक्तानीमा निगमलाई थप दबाब हुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस