प्रहरीको परीक्षामा चिट चोर्नेहरूलाई कारबाही, पाँच वर्षसम्म आयोगको परीक्षा दिन नपाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीको परीक्षामा चिट चोर्नेहरूलाई कारबाही, पाँच वर्षसम्म आयोगको परीक्षा दिन नपाउने


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । प्रहरी सहायक निरीक्षक (जनपद) को परीक्षामा चिट चोर्नेहरूलाई कारबाही गरिएको छ।

लोक सेवा आयोगले लिएका प्रसनि परीक्षामा अमर्यादित गतिविधि गरेको पाइएको भन्दै परीक्षार्थीहरूलाई कारबाही गरिएको हो।

०७८ फागुन ९ र फागुन ११ मा चलेका परीक्षामा चिट चोर्ने सात जनालाई कारबाही गरिएको छ।

खोटाङका श्रीकास राई, पोखराकी अनिता खत्री, स्याङ्जाका प्रदीप नेपाली, दैलेखका यामबहादुर कामी, पाल्पाका रोशन ढकाल, बागलुङकी लालमाया पुन र जुम्लाका अग्निप्रसाद सन्ज्याललाई लोक सेवाले कारबाही गरेको छ।

उनीहरूले फिर्ता गर्नुपर्ने प्रश्न पत्र फिर्ता नगरी भोलिपल्ट मात्रै फिर्ता गरेको पाइएको, मोबाइल फोन प्रयोग गरी उत्तर पुस्तिकामा उतारेको, शौचालयमा नोट र मोबाइल फोन प्रयोग गरेको पाइएको थियो।

साथै कापी साटफेर गरेर लेखेको र नक्कली परीक्षार्थीबाट परीक्षा दिन लगाएको पाइएपछि कारबाही गर्नुपरेको आयोगले जनाएको छ। नक्कली परीक्षार्थीहरूबाट परीक्षा दिन लगाउनेलाई पाँच वर्षसम्म आयोगको परीक्षा दिन नपाउने गरी निलम्बन गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस