पपुवा न्यूगिनीविरुद्ध खेलेको नेपालले जित हासिल गर्‍यो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

पपुवा न्यूगिनीविरुद्ध खेलेको नेपालले जित हासिल गर्‍यो


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टुमा पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको खेलमा नेपालले जित हासील गरेको छ । नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो ।

दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन कुशल भुर्तेल र आरिफ शेखले अर्ध शतक पूरा गरे ।शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए ।

Tags :
प्रतिक्रिया दिनुहोस