एमाले प्रवेश गर्नेहरू पछुताउनु पर्दैन : अध्यक्ष ओली « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमाले प्रवेश गर्नेहरू पछुताउनु पर्दैन : अध्यक्ष ओली


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरूले पछुताउनु नपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउँदै ओलीले एमाले आउनेहरूले पछुताउनु नपर्ने बताएका हुन् ।

उनले भने, ‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरू असुरक्षित हुन्छन् भन्ने हुँदैन । र कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन ।’ले

उनले आउँदो चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरे । ओलीले भने, ‘आगामी चुनावमा हामी बहुमत ल्याउँछौँ र बहुमत ल्याउनुपर्छ यस देशका लागि । हामीले बहुमत ल्याउनुपर्छ साथीहरू बहुमत ल्याउने गरी लाग्नुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस