मधेस प्रदेशसभाको बैठक फेरि सारियो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मधेस प्रदेशसभाको बैठक फेरि सारियो


८ चैत्र २०७८, मंगलबार


जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ ।

उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा विशेष कारण जनाउँदै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो ।

यसअघि गत फागुन २२ मा बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो । बैठक बस्न ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेस भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस