पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना सङ्क्रमण , ३९२ निको « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना सङ्क्रमण , ३९२ निको


४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

पाँच हजार ९१४ वटा स्वाब नमुनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर ३९२ जना सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९६ छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस