जग्गा जालसाजीको आरोपमा एमाले वडाध्यक्ष प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

जग्गा जालसाजीको आरोपमा एमाले वडाध्यक्ष प्रहरीको नियन्त्रणमा


२८ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । जग्गा जालसाजीको आरोपमा भोट खोला गाउँपालिका ४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

वडाध्यक्ष भोटेसहित थप ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदीले बताए । भोटेसहित ७ जनालाई जग्गा किर्ते गरेको आरोप लागेको छ ।

सुवेदीका अनुसार उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाइ गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ ।

“मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ,” उनले भने, “जग्गा किर्ते गर्न ठुलै गिरोह लागेको पाएका छौँ ।” आरोपीहरूलाई शनिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुवेदीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस