समयमै मेलम्ची खानेपानी ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समयमै मेलम्ची खानेपानी ल्याउन सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले तोकिएको समयभित्रै काठमाडौँ उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने गरी मन्त्रालयले कामलाई तीव्रता दिएको बताएका हुन् ।

‘वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै बाढी, पहिरोका कारण क्षति पुगेको मेलम्ची खानेपानी आयोजना चाँडो सम्पन्न गर्ने बताइसक्नुभएको छ, मेलम्ची खानेपानीको व्यवस्थापनमा ढिलाइ हुँदैन’, उनले भने ।

मन्त्री चौधरीले खानेपानी महसुल निर्धारण आयोग केही दिनभित्रै गठन गर्ने बताए । उनले सो आयोगअन्तर्गत रहेर सरकारले आम नागरिकलाई अझै सर्वसुलभ ढङ्गले खानेपानी व्यवस्था गर्न लागेको उल्लेख गरे । मन्त्री चौधरीले ‘एक घर, एक धारा’ कार्यक्रम देशभर विस्तार गर्न सरकार लाग्ने स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस