Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक


११ फाल्गुन २०७८, बुधबार


फुङ्लिङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन घट्दै गएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक विस्तारै बढ्दा कोभिडले असर गरेको थियो ।

कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष कञ्चनजङ्घा क्षेत्र सुनसानजस्तै बनेको छ । यो समयमा थोरै पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्काअनुसार महामारी सुरु भएको वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ मा ४३ जनाले सो क्षेत्रको भ्रमण गरेका छन् ।

चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्ममा करिब डेढ सय पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । चालु आवको पहिलो सिजन (मौसम) मा कूल १४१ पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका परिषद् कार्यालयले जनाएको छ ।

दुई वर्षसम्म सुनसानजस्तै बनेको कञ्चनजङ्घा क्षेत्र चालु आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित सङ्ख्यामा पर्यटकको आगमन भएको हो ।

यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिक महिनामा अमेरिका, फ्रान्स, ताइवान लगायतबाट पर्यटक भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिए ।

चालु आवको पहिलो सिजनमा सेभेन समिट ट्रेक्स प्रालिमार्फत गएका ताइवानका एक नागरिकसहित पाँच आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गरेका छन् ।

कञ्चनजङ्घा आरोहण गर्नेमा ताइवानका सेङ को अथ, नेपालीमा दोलखाका निमाग्याल्जेन शेर्पा, पासाङ्रिन्जे शेर्पा, सोलुखुम्बुका ग्लाल्जे शेर्पा र दाकिपा शेर्पा रहेका छन् ।

परिषद् कार्यालयका अनुसार कञ्चनजङ्घामा आउने बाह्य तथा आन्तरिक पर्यटकमध्ये केही हिमाल आरोहण गर्ने र कोही आधार शिविर भ्रमणको योजनामा आउछन् ।

कोरोना महामारी सुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क रहेको छ ।

तथ्याङ्कअनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८०६ जना पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । हरेक वर्ष साढे पाँचसय, साढे छ सय र साढे सातसयसम्मको हाराहारीमा पर्यटक आउने गरेका थिए ।

कोरोना महामारीको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेपछि पर्यटन विकासमा अवरोध पुग्नुका साथै यसबाट हुने आम्दानी गुमाउनुपरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताए ।

फेम्बूले महामारीको असर समाप्त भएमा कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या भने विगतभन्दा दोब्बर बढीले वृद्धि हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस