पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना सङ्क्रमण, ३ जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना सङ्क्रमण, ३ जनाको मृत्यु


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो ।

६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी बुधबार एक हजार ६०० जन सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २५१ सक्रिय सङ्क्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस