दूधको उपभोक्ता मूल्य लिटरमै ९ रुपैयाँ बढ्यो « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

दूधको उपभोक्ता मूल्य लिटरमै ९ रुपैयाँ बढ्यो


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । दुग्ध विकास संस्थान(डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ। सरकारको स्वामित्वमा सञ्चालित डीडीसीले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको हो।

यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा शुक्रवार(भोलिदेखि) बढेको मूल्य लागू भएर प्रतिलिटर रु ८५ हुने भएको छ। डीडीसीको बुधवार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर रु ८५ निर्धारण गर्ने निर्णय गरेको थियो।

बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ। काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर रु ८५, बुटवल भैरहवामा प्रतिलिटर रु ८१ र नेपालगन्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम हुनेछ।

यसअघि काठमाडौँमा रु ७६, बुटवल भैरहवामा रु ७२ र नेपालगन्ज क्षेत्रमा रु ७० तोकिएको थियो।

माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो।

त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो। किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रवारदेखि लागू हुने डीडीसीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस