विदेशमा रहेका युवाद्धारा धनसिंहपुर स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विदेशमा रहेका युवाद्धारा धनसिंहपुर स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग


१९ माघ २०७८, बुधबार


टीकापुर । रोगजारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् ।

धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन् ।

धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर साउदले सहयोग रकमले एम्बुलेन्स खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बताए ।

‘यो सहयोग रोजगारीका लागि देश बाहिर गएका युवाको गाउँका नागरिकलाई देखाएको माया हो’, उनले भने । विभिन्न देशमा रोजगारी गर्दै आएका यहाँका २२ युवाको आर्थिक सहयोगमा ११ लाख ७६ हजारमा एम्बुलेन्स खरिद गरिएको हो ।

एम्बुलेन्सको साँचो बुझ्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले एम्बुलेन्स सहयोगका लागि धन्यवाद दिए । ‘एम्बुलेन्स टीकापुर नगरपालिकाको सम्पत्तिका रुपमा जोडिएको छ । पैसा भएकाले होइन समाजसेवा र सहयोग गर्ने मन भएकाले मात्र यो गर्न सक्छन्’, उनले भने । हाल नगरपालिकाले रेडक्रसमार्फत सुत्केरी र गर्भवतीलाई सेवा दिन एम्बुलेन्स सञ्चालन गरिरहेको छ ।

टीकापुरमा हाल योसहित आठ एम्बुलेन्स सञ्चालनमा छन् । नगरपालिकाले हरेक वडामा एउटा एम्बुलेन्स सञ्चालन गर्ने योजनाअनुरुप काम गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस